तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज पहिलो पटक अग्रपङ्क्तिमा खटिने व्यक्ति र ६० वर्ष र माथिका नागरिकहरूलाई दिने निर्णय गरेको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपङ्क्तिमा खटिने व्यक्ति र ६० वर्ष र माथिका नागरिकहरूलाई खोपको थप मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपङ्क्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरूलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

माघको सुरुमा अग्रपङ्क्तिमा खटिने व्यक्तिहरूलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरूलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिनुभयो । खोपको पूर्ण मात्रा लगाइसकेर ६ महिना पूरा भइसकेका नागरिकहरूलाई क्रमैसँग बुस्टर डोज दिइने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button