तपाईँ सुन्दै हुनुहुन्छः

बारामा थपिए ३७ हजार मतदाता  

बारा । जिल्ला निर्वाचन कार्यालय बाराले ३७ हजार १ सय ६१ जना नयाँ मतदाता थपिएको जनाएको छ । जिल्लामा मंसिर १५ गतेदेखि पौष १८ गतेसम्म गरिएको मतादाता नामावली सङ्कलनका क्रममा उक्त सङ्ख्या थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

जिल्लाको १६ वटा पालिकाहरू मध्येबाट १३ वटा पालिकाहरूमा विशेष टोली खटाई मतदाता सङ्कलन गरिएकोमा पुरुष ९ हजार ६ सय ४१ र महिला ९ हजार ७ सय ३६ जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको हो । तीन वटा पालिकाहरूका नागरिकहरूले भने निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम समावेश गराएका थिए । कार्यालयबाट ९ हजार ७ सय ४७ , पुरुष र ८ हजार ३५ महिला थपिएको निर्वाचन कार्यालय बाराले जानकारी दिएको छ ।

यो सँगै  ३७ हजार १ सय ६१ जना मतदाता बारामा थपिएका छन् । यस अघि बारामा १ लाख ६८ हजार १ सय १९ जना महिला , २ लाख ७ हजार ७ सय १६ जना पुरुष र ११ जना तेस्रो लिङ्गी  गरी जम्मा ३ लाख ७५ हजार ८ सय ४६ जना मतदाता थिए । अब बारामा ४ लाख १३ हजार  ७ सय मतदाता पुगेका छन् । जसमध्ये १ लाख ८५ हजार ८ सय ९० महिला , २ लाख २७ हजार १ सय ६ जना पुरुष र ११ जना तेस्रो लिङ्गी  रहेका छन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button