तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा ४३ जनालाई कोरोना संक्रमण पुष्टि

बीरगंज । नारायणी अस्पतालको प्रयोगशालामा आज ६४ जनाको पिसिआर परिक्षण गरिएकोमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये १९ जना महिला २४ जना पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताउनुभयो । यसअघि नारायणी अस्पतालमा गरिएको परीक्षणको क्रममा १ सय ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी वीरगन्जको इनर्वास्थित सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षणको क्रममा केही दिन यता १ सय ४७ जनालाई संक्रमण पुष्टि भएको छ ।

आज हेल्थ डेस्कमा परिक्षण गरिएको मध्ये २२ जनालाई संक्रमण पुष्टि भएको बीरगंज महानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्ककी इन्चार्ज डा. अनिशा महतोले बताउनुभयो ।

नारायणी अस्पताल र इनर्वा स्थित हेल्थ डेस्कमा गरिएको पछिल्लो परीक्षणको क्रममा ३ सय १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button