तपाईँ सुन्दै हुनुहुन्छः

गरिबहरूलाई कम्बल वितरण

वीरगञ्ज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै कम्बल वितरण गरेको छ ।

चिसो र शितलहरले स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भन्ने उद्देश्यले ग्रिन सिटीले दातृ निकाय सिप्रदियन साहयता संस्था सँगको सहकार्यमा १ सय ५० जना गरिबहरूलाई कम्बल वितरण गरेको हो ।

कम्बल प्राप्त गर्नेहरूमा मुख्यतः रिक्सा चालक, मेकानिक, मजदुर र सडकमा आफ्नो जीवन बिताउन बाध्य रहेका व्यक्ति रहेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button