तपाईँ सुन्दै हुनुहुन्छः

आयुर्वेद उपचारमा स्थानीयको आकर्षण बढ्दो

मुगु । पछिल्ला दिनहरूमा आयुर्वेद उपचारमा यहाँका स्थानीयहरू आकर्षित हुँदै गएका छन् ।

मुगु जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद सम्बन्धी जनचेतना तथा स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहितको उपचार विधिबारे जनचेतना जगाउँदा मुगालीहरु अन्य उपचारभन्दा आयुर्वेद उपचार गर्न सहज मान्ने गरेका छन् ।

कार्यालयले जिल्लाका कुना, कन्दरा बिकट बस्तीहरूमा पटक पटक आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीयहरूले घर आँगनमा नै उपचार पाएको र परापूर्व कालदेखि गाउँघर मै उपचार गदै आएको पद्धतिलाई सुधार गदै उपचार गरिने गरेको पाइएपछि स्थानीयहरू आयुर्वेद उपचारमा  आक्रोशित भएको स्थानीय अङ्कबहादुर बुढाले बताउनुभयो ।

हालै आयुर्वेद कार्यालयले मुगु जिल्लाको सोरु गाउँपालिकामा दुई दिने आयुर्वेद शिविर सम्पन्न गरेको छ । 

उक्त शिविरमा टाढा टाढा गाँउहरुबाट सेवा लिन स्थानीय पुगेको र उपचारका   लागि आएका र विभिन्न रोगबाट पीडित व्यक्तिहरूले उपचार र औषधी पाउँदा खुसी व्यक्त गरेको कार्यक्रम सञ्चालक राजाराम बडूवालले बताउनुभयो ।

शिविरमा चिकित्सक रमेश आचार्य र योग गुरु जय बहादुर मल्ल पनि सहभागी हुनुहुन्थ्यो ।

आयुर्वेद स्वास्थ्य टोलीले नार्थपु स्वास्थ्य चौकीमा शिविर र धुपी चौर आधारभूत विद्यालयका विद्याथीहरुलाई योग शिक्षा दिएको थियो ।

आयुर्वेद शिविरबाट ७ सय ८० जना स्थानीयहरूले सेवा लिएको पनि कार्यक्रम सञ्चालक बडूवालले जानकारी गराउनुभयो । 

आयुर्वेद स्वास्थ्य कार्यालय मुगुको वार्षिक कार्यक्रम आयुर्वेद तथा योग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर र विद्यालय आयुर्वेद तथा योग शिक्षा अन्तरगत शिविर र योग शिक्षा दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button