२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुर्या अस्पतालमा माघ १ गतेबाट आमा सुरक्षा कार्यक्रम सुरु हुने

राजेन्द्र सिंह २०७८ पुष ३० गते १७:५५

वीरगञ्ज । वीरगन्जको सुर्या अस्पतालले भोलि माघ १ गतेबाट आमा सुरक्षा कार्यक्रम सुरु गर्ने भएको छ ।

अस्पतालका सञ्चालक डाक्टर सरोज सिंहले पत्रकार सम्मेलनको आयोजना गर्दै सेवाको बारेमा जानकारी दिनुभयो ।

डाक्टर सिंहले प्रसूति दरमा सुधार ल्याउन तथा सुरक्षित तथा निःशुल्क प्रसूति गराउन स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले वीरगन्जको सुर्या अस्पताललाई आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि ५० शैयाको स्वीकृत दिएको जानकारी गराउनुभयो ।

अस्पतालकी अर्का सञ्चालिका एवम् प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर मोनिका यादव सिंहले प्रत्येक गर्भवती महिलाले सुरक्षित र गुणस्तरीय प्रसूति सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यबाट कार्यक्रम सञ्चालन हुँदा मातृ दरमा कमी ल्याउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित