तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको प्लान बी डान्स क्लबमा लागेको आगो अझै नियन्त्रणमा आएन

रुपन्देही । शनिबार शुभारम्भ गर्न लागिएको बुटवलको प्लान बी डान्स क्लबमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

बुटवलस्थित सिद्धार्थ कटेजको साइडमा सञ्चालन तयारीमा रहेको प्लान बी डान्स क्लबमा शुक्रवार मध्यान्हतिर आगो लागेको हो ।

आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकल आएका छन् । 

अहिले पनि प्रहरी, सेनाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका इलाका प्रहरी कार्यालय बुटवलका अहिले पनि प्रहरी, सेनाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button