तपाईँ सुन्दै हुनुहुन्छः

एकै दिन ५ हजार ८७ जना कोरोना संक्रमित थपिए

फाइल तस्बिर

काठमाडौँ । देशभरि आज एकै दिन ५ हजार ८७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

२० हजार ५ सय ६० नमुना परिक्षण गर्दा ५ हजार ८७ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

बिहीबार कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ हजार ५ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा आज बढेर ५ हजार नाघेको हो । 

देशभरि १८ हजार २ सय ३५ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । 

यसैगरी काठमाडौँमा ७ हजार ६ सय २५, भक्तपुरमा १ हजार २ सय ५१, ललितपुरमा १ हजार ९ सय ३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

योसँगै काठमाडौँ उपत्यकामा १० हजार ८ सय ११ सक्रिय संक्रमित रहेका छन् । 

आज १० वर्ष मुनीका ६१ जना बालबालिका र ११ देखि २० वर्ष मुनीका ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी संक्रमित हुने उमेर समूह २१ देखि ३० वर्षका १ हजार ५ सय १० जना रहेको मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ३ सय ६ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, आज कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button