तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

रुपन्देही ।  माघी पर्वको अवसरमा लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएपछि लुम्बिनीमा माघ २ गते आइतबार सार्वजनिक बिदा हुने भएको हो ।

प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे सङ्क्रान्ति र माघीको उपलक्ष्यमा माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको छ । 

यस वर्ष पनि सो बिदालाई निरन्तरता दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विगतका दिनमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन अर्थात् यस बर्ष पुस ३० गते प्रदेश सरकारको तर्फबाट सांस्कृतिक झाँकीसहित माघे सङ्क्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएकोमा यस पटक कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनको महामारीको कारणले गर्दा सो कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मान सिंह विकले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button