तपाईँ सुन्दै हुनुहुन्छः

सिआइबीको प्रहरी भन्दै ठगी गर्ने बस्नेत पक्राउ

दाङ । दाङमा प्रहरीको सई भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले तुलसीपुर १५ का ३९ वर्षीय रामबहादुर बस्नेतलाई घोराहीबाट पक्राउ गरेको हो । 

बस्नेतले घोराही र तुलसीपुर क्षेत्रमा ठगी गर्दै हिँडेको आरोप लागेको छ । बस्नेतले प्रहरीको सिआइबीमा कार्यरत सई पदमा कार्यरत रहेको भन्दै ठगी गर्दै हिँडेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका बस्नेतलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली परिचय दिँदै बस्नेतले ठगी गर्दै हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button