तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एकै दिन ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा एकै दिन ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जुन जम्मा परीक्षणको ३५.३४ प्रतिशत हो ।

जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको ९३ स्वाब परीक्षणमा बाँकेका २४ जनासहित ३८ जनामा कोरोना पुष्टि भएको हो । 

भेरी अस्पताल ल्याबमा २० जना, मेडिकल कलेज कोहलपुर प्रयोगशालामा १५ जना र बागेश्वरी ल्याबमा ३ जना कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यस्तै, नेपालगञ्ज नाकामा भारतबाट आएका २७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय२८ जनाको कोभिड परीक्षण गर्दा १९ जना पुरुष र ९ जना महिलामा कोरोना पुष्टि भएको  फोकल पर्सन वलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button