काठमाडौँ । चीनबाट करिब १२ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आज नेपाल आइपुगेको छ ।
एसियाली विकास बैङ्कको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
नेपालले भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसन लगायतका चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको प्रमुख डा.चौरसियाले जानकारी दिनुभयो ।