तपाईँ सुन्दै हुनुहुन्छः

अन्ततः एमाले बैतडीमा सहमति, पाल सर्वसम्मत अध्यक्ष चयन

बैतडी । नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन हुनु भएको छ । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो । 

उपाध्यक्षमा यसअघि नै रमील बम चयन भइसक्नु भएको छ । यसैगरी सचिवमा चक्र कार्की चयन हुनुभएको छ भने, उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ । 

जिल्ला स्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताउनुभयो । 

राष्ट्रिय युवा सङ्घ नेपाल आबद्ध युवाहरूको पहलमा सहमति जुटेको पाटन नगरपालिका वडा न. १० का वडाध्यक्ष देवेन्द्र कुवरले बताउनुभयो । 

यसअघि ३ दिन देखी १ दर्जन बढी पटक सहमतिको प्रयास भएपनि सहमति जुट्न सकेको थिएन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button