तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति संरक्षणका लागि १० जोर जामा सहयोग

अछाम । अछामको साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानद्वारा संस्कृति संरक्षणका लागि पोसाक सहयोग गरिएको छ ।

आज साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानका वडाध्यक्ष गणेश बहादुर खड्काले भिर्कु टोलका नागरी परिवारलाई कला संस्कृति संरक्षणका लागि भन्दै ५० हजार बराबरका १० जोर जामा प्रदान गर्नुभयो ।

विभिन्न सांस्कृतिक कार्यक्रम तथा शुभ कार्यमा लगाइने जामा लोप हुँदै गएकाले उहाँँहरुको आग्रहमा १० जोर जामा वितरण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

जामा पगरी लगाई विवाह, व्रतबन्ध, होरी, भुवा, धमारी लगायतका सांस्कृतिक कार्य गर्ने गरिन्छ ।

विभिन्न सांस्कृतिक कार्यमा लगाइने जामा सहयोग गरेकोमा भिर्कु टोलका नागरी परिवारले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button