तपाईँ सुन्दै हुनुहुन्छः

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बालकोट जाँदै हुनुहुन्छ ।

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उहाँको निवास वालकोट जान लाग्नुभएको हो । 

प्रधानमन्त्री देउवा आज बिहान १०ः३० बजे वालकोट आउन लाग्नुभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले रेडियो नेपाललाई जानकारी दिनुभयो । 

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । 

यसअघि बुधवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीसँग भेटघाट गर्नुभएको थियो । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको विषयलाई लिएर २३ भदौदेखि एमालेले निरन्तर संसद् बैठकमा नाराबाजी गर्दै आइरहेको छ । 

प्रधानमन्त्री देउवा बालकोट जान लाग्नुभएसँगै यस क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारिएको छ भने थुप्रै संख्यामा सुरक्षाकर्मी तैनाथ गरिरिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button