तपाईँ सुन्दै हुनुहुन्छः

यवन बनिन् मिस एन्ड मिस्टर देन ईन्टरनेश्नल नेपाल २०२१ को विजेता

बझाङ । पुस २० गते काठमाडौँमा सम्पन्न भएको मिस एन्ड मिस्टर देन ईन्टरनेष्नल नेपाल २०२१ कार्यक्रममा बझाङकी यवन उपाध्याय विजेता बन्न सफल भएकी छिन् ।

उपाध्यायले फोटोजेनिक तर्फ विजेता बन्न सफल भएकी हुन् भने होल कार्यक्रममा सेकेन्ड रनर अप बन्न सफल भएकी छन् । कार्यक्रममा सहभागी सबै प्रतियोगी मध्ये उपाध्याय फरक क्षमता भएकी किशोरी हुन् ।

सबैलाई पछि पार्दै उपाध्यायले फोटोजेनिक तर्फ भने पदक जित्न सफल भएको उनका बुबा रमेश उपाध्यायले जानकारी दिनुभयो । २५ जना प्रतियोगीमध्ये यवन मात्रै फरक क्षमता भएकी किशोरी रहेको आयोजकले जनाएको छ । उपाध्यायले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्

समाजमा फरक क्षमता भएका व्यक्तिहरूले केही पनि गर्न सक्दैन भन्नेहरूका लागी उपाध्याय एक बलियो उदाहरण समेत बन्न सफल भएकी छन् । अझै पनि समाजमा फरक क्षमता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण फरक छ ।

अवहेलना गर्ने, घृणा गर्ने उनीहरूलाई कार्य बोझका रुपमा लिने परिपाटी बझाङका ग्रामीण बस्तीहरूमा अहिले पनि कायमै रहेको पाइन्छ । तर एउटै छोरीमा चित्त बुझाएका रमेश उपाध्याय र उनकी श्रीमती शान्तिदेवी उपाध्यायले भने छोरीलाई राम्रो शिक्षा दिँदै उनको प्रगतिमा साथ र सहयोग दिँदै आएका छन् ।

छोरा छोरी समान हुन् भन्ने बलियो उदाहरण बन्न सफल भएको उनको परिवार समाजका लागी पनि एक बलियो उदाहरण बनेको भएको पत्रकार रमेश केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button