तपाईँ सुन्दै हुनुहुन्छः

उमेरले ९० नजिक रत्न बेहोसी : गायनमा जोसिला

काठमाडौँ ।  ललितपुर निवासी गायक रत्न बेहोसी बज्राचार्य उमेरले ८६ वर्ष पुग्नुभएको छ । तर उहाँको गायन प्रतिको मोह र उत्साहमा भने यी वर्षहरूले फरक पारेको छैन ।  

सोमबार आफ्नै रचना र सङ्गीतमा ‘स्वदेशी हैन हामी’ बोलको भजन रेकर्डका लागि रेडियो नेपालको स्टुडियोमा आइपुग्नुभएका गायक बेहोसीमा गायन प्रतिको मोह उहाँको उत्साहित मुहारमा झल्किएको थियो ।

आजसम्म पनि गायनमा उतिकै जोस छ नि ? भन्ने प्रश्नमा गायक रत्न जवाफ दिनुहुन्छ “मेरा लागि गीत सङ्गीत भनेको एक प्रकारको शक्ति हो, गायनले मलाई ऊर्जाशील बनिरहन मद्दत गर्दछ, यसले शक्ति दिन्छ ।”

रेडियो नेपालबाट २०१३ सालमा स्वर परीक्षा उत्तीर्ण गर्नुभएका बेहोसीले २०१७ सालदेखि नेवारी र नेपाली भाषा गरी लगभग पाँच सय गीतमा स्वर भरिसक्नुभएको छ । 

उहाँको स्वर तथा सङ्गीत र रवीन्द्र शाहको शब्द रचनामा मायाले आज कसरी मलाई बिर्सियो बोलको आधुनिक गीत निकै लोकप्रिय रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button