तपाईँ सुन्दै हुनुहुन्छः

सेन्ट्रल जोन महिला भलिबल : कीर्गिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ ।  बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ । 

ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा साबिक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । 

नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

अब नेपालले उपाधिका लागि भोलि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । 

लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । आजै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–२ को  सेटमा पराजित गदै फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button