तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी

काठमाडौँ ।  । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । 

दिउँसो १ बजेसम्म सभापति उम्मेदवारमा एक जना मात्र उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि कल्याण गुरुङले उम्मेदवारी मनोनयन गर्नुभएको छ । 

सह महामन्त्रीमा तीन जनाले उम्मेदवारी दिनुभएको छ । मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे र फर्मुला मनसुरले उम्मेदवारी मनोनयन गर्नुभएको केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा तीन, अल्पसङ्ख्यकमा एक र मुस्लिम कोटामा एक जनाको उम्मेदवारी परेको छ । 

लुम्बिनी प्रदेशका लागि एक, गण्डकीका लागि एक र सुदूरपश्चिम प्रदेशका लागि एक तथा थारु कोटाबाट दुई जनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

This image has an empty alt attribute; its file name is nc-manonayan.png

त्यसैगरी, वाग्मती प्रदेशबाट दुई, मधेसी कोटाबाट चार, कर्णालीबाट दुई तथा आदिवासी जनताजाति तर्फबाट ११ जनाले मनोनयन गराउनुभएको छ । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ । विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । 

कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसार फरक फरक गरी कूल २० स्थानमा मनोनयनको व्यवस्था गरिएको काँग्रेसले जनाएको छ । 

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले मनोनयनका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी विरोध सकेर अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button