तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार दृढ: मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारीको संरक्षणका लागि प्रदेश सरकार दृढ भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राउतले राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री राउतले मानवलाई दैनिक जीवन यापनका लागि पनि मानव अधिकारको प्रत्याभूति हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको बताउँदै मानव अधिकारबाट वञ्चित समाजका उत्पीडित वर्गहरूको लागी प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रम ल्याएको बताउनुभयो ।  

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. मिहिर ठाकुरले मानव अधिकारको सवालमा राष्ट्रिय मानव अधिकारको रक्षाका लागि आयोगले ईमान्दारी पूर्वक संवैधानिक अधिकार पुरा गरिरहेको बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधीश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेश नंं २ का प्रहरी नायव महानिरीक्षक उमेश रंजितकार, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका प्रदेश प्रमुख डा.नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपाङ्ग महासङ्घका जिल्ला अध्यक्ष किरण पासवानले मानव अधिकारका विभिन्न विषयहरूमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button