प्रदेश लोक सेवा आयोगमा ४५ दरबन्दी स्वीकृत
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले थप दरबन्दी स्वीकृत गरेको हो ।
गत फागुनमा गठन भएको प्रदेश लोकसेवा आयोगमा ९ महिनापछि थप कर्मचारी दरबन्दी स्वीकृत गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिनुभयो ।
कर्मचारी दरबन्दी स्वीकृत गरिएसँगै प्रदेशमा हाल अभाव कर्मचारी परिपूर्ति गर्न सहज हुने उहाँले विश्वास गर्नुभयो ।
कर्मचारी अभावले हाल प्रदेश सरकारका काम कारबाही समेत प्रभावकारी रुपमा अघि बढ्न नसकिरहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्