तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप फुटबल प्रतियोगिता २६ गतेदेखि हुने

काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलमा मङ्सिर २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । 

आकाश भैरव क्लबको आयोजना र धुलिखेल नगरपालिकाको सहकार्यमा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

क्लबले धुलिखेलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराएको हो । 

प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख रुपैयाँ नग सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् भने र दोस्रो हुने टिमले १ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउने छन् । 

क्लबले उत्कृष्ट गोल रक्षक, खेलाडी, गोलकर्तालाई रु ५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार दिने र म्यान अफ दि म्याचलाई रु २ हजार दिने योजना रहेको क्लबले जनाएको छ ।

प्रतियोगिताका लागि हालसम्म २० टिम पुगिसकेको क्लबले जानकारी दिएको छ । 

क्लबले २०७४ सालदेखि मेयर क्लब कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button