तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रस्ताव पारित

file photo

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रवारदेखि सुरु हुन लागेको काँग्रेसको १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन पारित गरेको छ । 

बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जति पनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

बैठकमा शुक्रवारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिनुभयो । 

प्रवक्ता शर्माले महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो । 

उहाँले शुक्रवार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि दिनुभयो । 

आजको बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुनुभएको बुझिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button