तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङमा जीप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

file photo

लमजुङ । मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।  

सो जीपमा मर्स्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए ।  सो दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । 

उहाँका अनुसार मृत्यु हुनेमा कपिलवस्तु बाडनिय गाउँपालिका– ८ घर भई साही  विद्यालयका शिक्षक ३८ वर्षीय कमल राना थापा, मर्स्याङ्दी –९ का  सोही विद्यालयमा कक्षा ७ मा  अध्ययनरत  १३ छात्रा प्रर्मिसा गुरुङ,  कक्षा ६ मा अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन्  । उनीहरूको जीपमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा चालकसहित आठ घाइते भएका छन् । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बेंसीशहर नगरपालिका– ८ स्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ । 

घाइतेमध्ये चालक र १४ वर्षीय विद्यार्थीलाई भने अस्पतालले रिफर गरेर भरतपुर लैजाँदै गरेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । 

अन्य छ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइते आठ जनाकै पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

उनीहरूको टाउको, अनुहार, हातखुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । तीन  जीपमा शिक्षक र विद्यार्थी शैक्षिक भ्रमणका हिँडेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button