तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा ५१ हजारले लगाए खोपको पूर्ण मात्रा

फाइल तस्बिर

सोलुखुम्बु । सोलुखुम्बुमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५१ हजार नाघेको छ । 

जिल्लामा विभिन्न चरणमा सञ्चालन भएको खोप अभियानमा १८ वर्ष माथिका ५१ हजार १ सय ८७ जनालाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सोलुखुम्बुमा १८ वर्ष माथिको जनसङ्ख्याको यो करिब ७० प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कात्तिक महिनासम्म जिल्लाका ४६ हजार ९ सय ८७ जनाले मात्रै पूर्ण डोज खोप लगाएका थिए । जिल्लामा भेरोसेल, कोभिशिल्ड, जोनसन एण्ड जोनसन, एस्ट्राजेनेका खोप लगाइएको हो ।

अब १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई पनि खोप लगाउनेबारे छलफल भइरहेको बताइएको छ । कोरोनाको दोस्रो लहरका कारण सोलुखुम्बुमा एक दर्जन बढीले ज्यान गुमाइसकेका छन् । खोप लगाउन पाएपछि ढुक्क भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button