२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री विश्वकर्मा काँग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

अशोक विश्वकर्मा २०७८ मंसिर २३ गते १५:१५

तनहुँ । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने हुनु भएको छ । शुक्रवारबाट शुरु हुने काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्दै मन्त्री विश्वकर्माले आफ्नो सशक्त दाबी रहने बताउनुभयो । 

दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउँदै आउनुभएका मन्त्री विश्वकर्माले पार्टीको १४ औँ महाधिवेशनमा दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

गरिब तथा निमुखाको उत्थानका लागि काँग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउन मन्त्री विश्वकर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताउनुहुन्छ । उहाँले धनको लोभलालचमा नभई स्वच्छ राजनीतिलाई बचाइराख्न र बिपीको धारणालाई कार्यान्वयनमा ल्याउनका लागि उम्मेदवारी रहने बताउनुभयो । 

काँग्रेसको महाधिवेशन यही मङ्सिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौँमा हुनेछ । मङ्सिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने बताउनुभयो । 

मन्त्री विश्वकर्मा तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । ‘सबैको सल्लाह, सुझाव अनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएको छु, मिडिया तथा सबैको सहयोगको अपेक्षा सहित उम्मेदवारी दिन्छु,’ उहाँले भन्नुभयो । 

सम्बन्धित