तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा काँग्रेसको केन्द्रीय सदस्यमा उठ्ने घोषणा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । यस अघि सह महामन्त्रीमा चर्चा चले पनि अन्ततः उहाँले  केन्द्रीय सदस्यमै उम्मेदवारी दिन लाग्नु भएको हो ।  

नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औँ पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा आफूले सदस्यमा  उम्मेदवारी दिने बताउनुभयो ।  बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि १ पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उहाँ १२ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य समेत रहनु भएको थियो । 

युवापुस्तालाई पार्टीको नेतृत्वमा पुर्‍याउनका लागि सह महामन्त्रीमा उनीहरूलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ थियो । मुलुकलाई अप्ठेरो परेका बेला निकास दिने नेपाली काँग्रेस नै भएकाले अबका चुनावमा प्रस्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने  बताउनुभयो  ।

मुख्यमन्त्री पोखरेलले जेठ २९ गते गठन भएको आफू नेतृत्वको सरकारले हतारमा बजेट ल्याएको भन्दै  नागरिकले अनुभूति गर्ने गरी काम गरेको दाबी गर्नु भएको छ  । उनले भने, ‘६ महिनामै चमत्कार भयो भनेर म भन्दिनँ तर पनि केही उदाहरणीय काम गरेका छौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button