तपाईँ सुन्दै हुनुहुन्छः

विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले अर्थ मन्त्रालयले विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन गरेको बताउनुभएको छ । 

बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाका बारे जानकारी दिनुहुँदै सो कुरा बताउनुभएको हो ।

सो ‘टास्क फोर्स’ ले दैनिक १९/२० किलो सुन विमानस्थलमा नियन्त्रण लिएको समेत मन्त्री शर्माले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसले राजस्वमा टेवा पुर्‍याउने विश्वास मन्त्री शर्माले व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button