२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन : सह महामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

रेडियो नेपाल २०७८ मंसिर २३ गते १४:३०

काठमाडौँ । नेपाली काँग्रेसको सह महामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ । 

नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सह महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । 

नेता विश्वकर्माले काँग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सह महामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । 

“सबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ”, उहाँले भन्नुभयो । 

विश्वकर्मा काँग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीसमेत हुनुहुन्छ । काँग्रेसको १४औँ महाधिवेशन शुक्रवारदेखि काठमाडौँमा सुरु हुँदै छ । रासस

सम्बन्धित