तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति, मानव अधिकार, लोकतन्त्र र अहिंसा एक आपसका परिपूरक : मन्त्री डा.रिजाल

फाइल तस्बिर

काठमाडौँ । रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले शान्ति, मानव अधिकार, लोकतन्त्र र अहिंसा एक आपसका परिपूरक भएको भन्दै यी चारमा एउटा मात्र नभएमा समाज विचलित हुने बताउनुभएको छ ।

मानव अधिकार तथा शान्ति समाजद्वारा आज काठमाडौँमा आयोजित पुरस्कार वितरण कार्यक्रममा मन्त्री डा.रिजालले उमादेवी वादीलाई मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित बद्री पहाडी समाजसेवा पुरस्कार–२०७७ प्रदान गर्नुभयो ।

मन्त्री डा. रिजालले समाजमा विकृतिका रुपमा रहेका कुरीतिको अन्त्यका लागि उमादेवी वादीले पुर्‍याएको योगदान स्मरणयोग्य रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button