तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय क्रिकेटको एकदिवसीय टोलीको कप्तान बने रोहित

काठमाडौं । राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको कप्तानी गरिसकेका रोहित शर्मालाई भातरले एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरेको छ । विराट कोहलीले सीमित ओभरको कप्तनी छोडेपनि भारतले रोहितलाई कप्तानीको जिम्मेवारी दिएको हो ।

भारतीय राष्ट्रिय क्रिकेट ट्वान्टी–२० र एकदिवसीय टोलीको कप्तानी अब रोहितले गर्नेछन् । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट रोहितको कप्तानीमा खेल्नेछ । त्यसअघि आईसीसी विश्व टेस्ट च्याम्पियन्ससिप अन्तर्गत भारतले दक्षिण अफ्रिकासँग तीन टेस्ट सिरिज खेल्नेछ ।

भारतले तीन एकदिवसीय खेलका लागि टोली घोषणा गरेको छैन । अघिल्लो महिना सम्पन्न ट्वान्टी–२० विश्वकपसँगै कोहलीले कप्तानी छाडेका थिए । टेस्टको भने विराटले नै भारतको कप्तानी गर्ने छन् ।

भारतले दक्षिण अफ्रिकाविरुद्ध डिसेम्बर २६ बाट टेस्ट क्रिकेट खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button