तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पोखरेलद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले बुधवार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको हो । बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एक पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उहाँको भनाइ छ ।

विसं २००५ जेठ ५ गते तनहुँको राम्चेमा जन्मनुभएका पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने काँग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताउनुभयो । काँग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button