तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय सेनाको हेलिकोप्टरमा यात्रारत १४ मध्ये १३ जनाको मृत्यु भएको पुष्टि

नयाँ दिल्ली । भारतीय सेना प्रमुख विपिन रावत र उहाँकी पत्नी बोकेको भारतीय वायुसेनाको दुर्घटनाग्रस्त सैन्य हेलिकोप्टरमा यात्रारत १४ जनामध्ये तेह्र जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बुधवार तमिलनाडुको निलगिरी पहाडी जिल्लाको कूनर नजिकै दुर्घटना भएको थियो । स्रोतका अनुसार डिएनए परीक्षणमार्फत शवको पहिचान पुष्टि हुनेछ । छानबिनको आदेश भए पनि सिडीएस रावत, उहाँकी श्रीमती र अन्य सैनिक कर्मचारी बोकेको आइएएफको एमआई–१७–भी–५ हेलिकोप्टर दुर्घटनाबारे सरकारले बिहीबार संसद्लाई जानकारी गराउने बताइएको छ । 

विमान कोयम्बटोरस्थित सुलुर आईएएफ सैन्य शिविरबाट वेलिङ्गटनस्थित ‘डिफेन्स स्टाफ कलेज’तर्फ जाँदै थियो । 

यसैबिच रक्षा मन्त्री राजानाथ सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्घटनाबारे जानकारी गराउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले घटनाबारे प्रतिक्रिया दिँदै ट्विटमा सैनिक हेलिकोप्टर दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट निकालिएका शवहरू सैनिक अस्पताल वेलिङ्गटन लगिएको छ । 

यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभएको थियो । 

प्रारम्भिक जानकारीमा तामिलनाडुका वन मन्त्री के रामचन्द्रनले भने दुर्घटनामा सवार पाँच जनाको मृत्यु भएको जानकारी दिनुभएको थियो । 

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार जनरल रावतसहित मृतक सैनिक तथा कर्मचारीहरूको नामावली भारतीय वायु सेवाले सार्वजनिक गरिसकेको छ ।

दुर्घटनामा सिडीएस जनरल रावत र उहाँकी पत्नी मधुरिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नेल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साई तेजा र हाव सत्पाललगायत विमानमा सवार थिए । आइएएफले दुर्घटनाको छानबिन गर्न निर्देशन दिएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button