२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

झन्डै १७ लाखसहित १६ जना पक्राउ

रेडियो नेपाल २०७८ मंसिर २२ गते १९:४८

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टमा कौडा खेलिरहेको अवस्थामा १६ लाख ९० हजार ५०० सहित १६ जनालाई प्रहरी पक्राउ परेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ कालीमाटी बस्ने भोजपुरको अरुण गाउँपालिका–१ घर भएकी विनीता परियार लगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गए राती उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सम्बन्धित