तपाईँ सुन्दै हुनुहुन्छः

यु–१९ क्रिकेट: नेपाल सहज समूहमा

काठमाडौँ । नेपाली यु–१९ क्रिकेट टोली एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी यु–१९ एसिया कपमा सहज समूहमा परेको छ । अर्को महिना युएईमा हुने यु–१९ एसिया कपको लागि नेपाल सहज समूह बी मा छ ।

समूह बी मा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । 

यु–१९ एसिया कप पुस ८ देखि १७ गते सम्म युएईमा चल्नेछ । दुवै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ । दुवै सेमिफाइनल पुस १५ मा हुनेछ ।

सबै टोली पुस ५ मा युएई पुगि सक्नुपर्ने हुन्छ । पुस ६ मा क्वारेनटाइन र पुस ७ मा अभ्यास हुनेछ । 

नेपालले पहिलो खेल पुस ८ मा बङ्गलादेशसँग शारजाहमा खेल्नेछ । नेपालले पुस ११ मा श्रीलङ्का र पुस १३ मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । फाइनल पुस १७ गते दुबई इन्टरनेशल स्टेडियममा हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button