तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा डुबेर एक युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । 

भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित नहरमा डुबेर कैलाली भजनी नगरपालिका–१ बस्ने ३४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

नहरमा पानी लिन गएको अवस्थामा डुबेर उनी बेहोस भएका थिए । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button