तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र नेपालीको सपना पुरा गर्न सबै लागौँ: सञ्चार मन्त्री कार्की

काठमाडौँ । राष्ट्रकवि डा.माधव घिमिरेको तस्बिर अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रकवि घिमिरेको तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा प्रदान गर्नुभएको हो । 

file photo

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन हुनु राष्ट्रका लागि गौरवको विषय भएको र उहाँ नेपालीको प्रेरणाको स्रोत रहिरहने बताउनुभयो । 

मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले देख्नुभएको नेपाल र नेपालीप्रतिको सपना पुरा गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button