तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक र विद्यार्थीमा कोभिड संक्रमण पुष्टि भएपछि विद्यालय बन्द

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीसँगै अभिभावकमा समेत कोभिडको संक्रमण पुष्टि भएपछि आजदेखि बन्द गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालयका दुई जना शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा संक्रमण पुष्टि भएको हो । 

उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताउनुभएको छ  ।

उहाँका अनुसार सङ्क्रमणपछि कनट्र्याक्ट ट्रेसिङमा परेका १० जना शिक्षकमा भने संक्रमण देखिएको छैन ।

दुई तीन दिनदेखि ज्वरो आइरहेको बालकको स्वाब परीक्षण गर्दा संक्रमण देखिएको थियो । त्यस लगत्तै उनकी आमामा पनि संक्रमण पुष्टि भएको हो । 

दोस्रो लहरको कोभिड संक्रमण कम भएपछि विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो । तर विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना नगरेकाले जोखिम बढेको स्थानीयको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button