तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

file photo

पाल्पा । पाल्पामा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । 

मङ्गलवार राती बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो । 

रामपुर नगरपालिकाको बेझाड बजारमा लु ३ त ८०५४ नम्बरको ट्याक्टरको ढालाबाट खसेर सर्लाही ईसरपुर १५ का १८ वर्षीय किसन चौधरीको घटनास्थलमै मृत्यु भएको छ । 

त्यस्तै, पाल्पा निस्दी गाउँपालिका–७ ज्यामिरेमा आफैले चलाएको ग २ ख ३६१ नम्बरको टिप्परले च्यापेर नवलपरासी जिल्लाको सुनवल नगरपालिका ३ का बर्ष ४५ का तुफनी कुँवर योगीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button