तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ। सरकारले यहाँका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो ।

जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पु¥याएको जनाउँदै तत्काल विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गर्नुभयो ।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आङ्कलन ,पुनः निर्माण तथा पुनः स्थापनाको काम गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button