तपाईँ सुन्दै हुनुहुन्छः

रियल मड्रिड विजेता बन्दा इन्टर उपविजेता

काठमाडौं । रियल मड्रिड समूह विजेता र इन्टर मिलन उपविजेता बन्दै युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । समूह ‘डी’ को खेलमा १० खेलाडीमा सीमित इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल शीर्ष स्थानमा रहेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउँन टोनी क्रुस र मार्काे एसेन्सियोले गोल गरे । खेलको ६४ मिनेटमा निकोलो बरेलाले रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समेटिएको थियो ।

यसै समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । जितसँगै रियलले ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो ।

७ अंक बनाएको सेरिफ र २ अंक बनाएको साख्तर डोनेस्क दुबै समूह चरणबाटै बाहिरिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button