तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको संस्थापन इतर समूहमा सभापतिको उम्मेदवारबारे छलफल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापतिको एक मात्र उम्मेदवार बनाउने विषयमा छलफल गरेको छ ।

आज पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले एक मात्र उम्मेदवार टुङ्ग्याउन नसकेपछि बुधवार बिहान ९ बजे  पुनः बैठक बस्ने निष्कर्ष निकालेको हो । बुधवारसम्म एक मात्र उम्मेदवार तय गर्ने सहमति भएको बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । 

file photo

बैठकमा सभापतिका उम्मेदवार वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले आफ्नो दाबी प्रस्तुत गर्नुभएको थियो । नेताहरूले बुधवार बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग राय परामर्श गरी साँझसम्म एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गर्नुभएको उहाँले बताउनुभयो ।

दिउँसो १ देखि साँझ ७ बजेसम्म बसेको बैठकमा सभापतिका चारै जना उम्मेदवार, कोषाध्यक्ष सीतादेवी यादव, नेता डा रामशरण महत, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, डा चन्द्र भण्डारी, बद्री पाण्डे, धनराज गुरुङ जीवन परियारलगायत सहभागी हुनुहुन्थ्यो । 
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button