सोलुका सबै स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन
सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सोलुखुम्बुको आठ वटै स्थानीय तह र ५२ मध्ये ५१ वडामा सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न गरेको छ । खुम्बु पासाङल्हामू गाउँपालिकाबाट पालिका अधिवेशन शुरु गरेको माओवादीले माप्य दूधकोशी गाउँपालिकाको पालिका नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशनबाट खुम्बु पासाङल्हामू गाउँपालिकामा दीपक भुजेलको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटी गठन गरेको छ । ५ वडा रहेको खुम्बुमा माओवादीले क्रमशः लाक्पाग्याल्जेन शेर्पा, धनकुमार तामाङ, ङवाङलाक्पा शेर्पा, पासाङनुरु शेर्पा र गेलु शेर्पालाई वडाध्यक्षको जिम्मेवारी दिएको छ ।
लिखुपिके गाउँपालिकामा शङ्कर बस्नेतको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको माओवादीले वडा नं. १ मा छिरी शेर्पा, २ मा चरित्रबहादुर थापा, ३ मा गोबर्धन बस्नेत, ४ मा विष्णुबहादुर बस्नेत र ५ मा विकास बस्नेतलाई वडाको नेतृत्वमा चयन गरेको छ ।
जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डमा दीपक श्रेष्ठ (रक्की) को अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । ११ वडा रहेको सोलुुदूधकुण्डमा क्रमशः रामवीर राई, कान्छा शेर्पा, टेकबहादुर मगर, सञ्च राई, ङिमा शेर्पा, दावा शेर्पा, ङिमागेलु लामा, ङवाङगेल्जेन शेर्पा, साङगे तामाङ, धर्मराज मगर र ललितबहादुर बस्नेतलाई वडा अध्यक्षको जिम्मेवारी दिएको छ ।
सोताङ गाउँपालिकामा गोविन्द नाछिरिङ राईको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गर्दै सन्तोष गुरुङ, पेम्बा शेर्पा, विष्णुकुमार श्रेष्ठ, वीरबहादुर राई र टेकबहादुर राईलाई वडा नेतृत्वमा चयन गरिएको छ ।
महाकुलुङ गाउँपालिकामा वीरेन्द्र कुलुङका अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ भने ५ वडामा क्रमशः सुमन किराँती, चम्फावीर विश्वकर्मा, सरोज कुलुङ, सूर्य कुलुङ र धन भाग्य वडा अध्यक्ष बनेका छन् ।
नेचासल्यान गाउँपालिकामा सीताराम भट्टराईको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । ५ वडामा क्रमशः जमीन राई, डिकबहादुर राई, लोकनाथ बास्तोला, सुरेश राई र दिवस राईलाई वडाको नेतृत्व दिइएको माओवादी केन्द्रले जनाएको छ ।
थुलुङ दूधकोशी गाउँपालिकामा माओवादी केन्द्रका पालिका अध्यक्ष दिलबहादुर नेपाली (घनश्याम) को अध्यक्षतामा पालिकामा ५५ सदस्यीय कमिटी चयन गर्दै । ९ वडा रहेको थुलुङ दूधकोशीमा क्रमशः एकराज कार्की, शम्भु बस्नेत, नारायण निरौला, हर्कराज राई, प्रकाश राई, मोहनकुमार राई, हरिचन्द्र राई, सुवास बस्नेत र सनकुमार तामाङ वडा अध्यक्षमा चयन भएका छन् ।
माप्य दूधकोशी गाउँपालिकामा प्रकाश खालिङको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । ७ वडा रहेको माप्य दूधकोशीमा मणिराम राई, मनोज राई, निरु राई, भिषण राई, डिकशेर राई र भिमराज राई वडाको जिम्मेवारी दिएको छ । माप्य दूधकोशी ७ मा भने तयारी नपुगेको भन्दै वडा सम्मेलन स्थगित गरिएको छ ।
अधिवेशनले माओवादी केन्द्रको यही मङ्सिर २५ गते मोरङमा हुने प्रदेश सम्मेलनका लागि प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । पार्टीको विधानअनुसार जिल्लामा पार्टीको समन्वय समिति मात्रै रहने भएकाले जिल्ला सम्मेलन नहुने र कार्यकारी अधिकार सिधै स्थानीय समितिलाई प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्