तपाईँ सुन्दै हुनुहुन्छः

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

वाग्मती । कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटाँैडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कोरोना सङ्क्रमण हुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button