तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एक वृद्ध मृत फेला

सल्यान । सल्यानमा एक वृद्ध मृत फेला परेका छन् । 

जिल्लाको दार्मा गाउँपालिका पाजाखोलाका अन्दाजी ७० वर्षीय टेक बहादुर खत्री सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार साँझ गाउँमा विवाहको भोज खान गएका खत्री सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनु भयो । 

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय दार्मा सल्यानबाट खटिएको टोलीले बुझ्दा मृतकको शरीरमा कुनै घाउ चोट नदेखिएको उहाँले बताउनुभयो । 

घटनाको बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली खटिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button