तपाईँ सुन्दै हुनुहुन्छः

राजदूतत्रयको नाम अनुमोदन

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरूका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनै जना राजदूतको नाम समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button