तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाइएको बताउनुभएको छ  ।

नेपाल वायु सेवा निगमले खतराजन्य वस्तुहरूको आयात निर्यातका लागि मान्यता पाएको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको बताउनुभयो । 

मन्त्री आलेले नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्‍याउने उद्देश्य रहेको भन्दै घाटामा गएको वायु सेवा निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्नेमा जोड दिनुभयो  ।

उहाँले खतराजन्य बस्तुको आयात निर्यातको अनुमति पाउनु नेपालको लागि ठुलो उपलब्धि भएको भन्दै खतराजन्य बस्तु आयात निर्यातमा अब व्यवसायीहरूलाई सहज हुने बताउनुभयो ।

मन्त्री आलेले आफु मन्त्रालय र मातहतका सबै निकायको कमी, कमजोरी सुधार्न प्रयासरत रहेको भन्दै निरन्तर खबरदारी र सुझाव दिन प्रेस जगतलाई आग्रह समेत गर्नुभयो ।

यसअघि, अस्थायी रुपमा ल्याउने गरिएका खतराजन्य बस्तुहरू निगमले आयात निर्यातका लागि मान्यता पाएसँगै अब निर्बाध रुपमा ल्याउन पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button