तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा जुनियर वर्ल्ड टुर टेनिस च्याम्पियनसिपमा ११ राष्ट्रको सहभागिता

कास्की । पोखरामा जारी आइटिएफ टेनिस टुर जुनियर प्रतियोगिताको दोस्रो सर्किट सुरु भएको छ  । सोमबारदेखि नेपाल जुनियर वर्ल्ड टेनिस च्याम्पियनसिप ग्रेड–२ प्रतियोगिता सुरु भएको छ । 

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा मङ्सिर २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहित ११ देशका ८८ जना खेलाडीहरूले सहभागिता जनाउने सङ्घले जनाएको छ । 

नेपाल, भारत लगायत ११ राष्ट्रका ८८ गर्ल्स/व्याइज खेलाडीको सहभागिता रहने प्रतियोगिता अन्तर्गत सिंगल्स/डबल्समा खेलाडीहरूले प्रतिस्पर्धी गर्ने छन् । विजेता खेलाडीले स्वर्ण र रजत पदक प्राप्त गर्नेछन् भने अन्तर्राष्ट्रिय टेनिस सङ्घ आइटिएफ बाट ¥याङकिङ् अङ्क प्राप्त गर्ने सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले बताउनुभयो  । प्रतियोगिताको पहिलो सर्किटमा ८९ जना खेलाडीहरूले सहभागिता जनाएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले अन्य खेल जस्तै टेनिस खेलको वृत्ति विकासका लागि प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए । टेनिस सङ्घले प्रतियोगिता आयोजना गरे पनि सबैको प्रतियोगिता भएकाले प्रदेशको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । 

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा जुनियरतर्फ नेपालकी दोस्रो वरियताका खेलाडी सलोनीले भारतकी हाना नागपाललाई पराजित गर्दै उपाधि जित्नु भएको हो । पहिलो सेट ७–५ ले जितेकी सलोनीले दोस्रो सेटमा भारतीय खेलाडी हानालाई दोस्रो सेट ६–० ले जित्दै उपाधि हात पार्नु भएको हो । 

प्रतियोगितामा पहिलो चरणका विजेता खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले  मेडल प्रदान गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button