तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका झापा सम्वाददाता काफ्ले पुरस्कृत

झापा। रेडियो नेपालका झापा सम्वाददाता रोहित काफ्ले पुरस्कृत हुनुभएको छ ।

प्रदेश १ कै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भद्रपुर नगरपालिकाले आइतबार आ. व. २०७८–०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहको अवसरमा काफ्लेलाई ‘नगर विकास पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो ।

रेडियोको माध्यमबाट नगरपालिकाको गतिविधि प्रसारणमा योगदान पुर्‍याएको भन्दै नगरपालिकाले १५ हजार १०० सय नगदसहित काफ्लेलाई पुरस्कृत गरिएको नगरप्रमुख जविनकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

नगरपालिकाले काफ्लेसहित चार जना पत्रकारलाई पुरस्कृत गरेको थियो । नगर विकास पत्रकारिता पुरस्कारबाट काफ्ले र समाचार साप्ताहिकका सम्पादक राजाबाबु शङ्कर र नगर विकास पत्रकारिता प्रोत्साहन पुरस्कारबाट टाइम्स अफ प्रदेश अनलाइनका सम्पादक पार्थ मण्डल र प्रतिदिन दैनिकका प्रतिनिधि लोकबहादुर कुँवरलाई पुरस्कृत गरेको थियो । नगर विकास पत्रकारिता पुरस्कारको राशि १५ हजार १०० र प्रोत्साहन पुरस्कारको राशी १० हजार १०० रहेको छ ।

सो अवसरमा नगरपालिकाले पूर्व जनप्रतिनिधिहरूसमेत विभिन्न विधा र क्षेत्रका ७१ जनालाई सम्मान गरेको थियो ।समारोहका प्रमुख अतिथि प्रदेश नं १ का सांसद गोपालचन्द्र बुढाथोकी, सांसदहरू श्रीप्रसाद मैनाली, पूर्णप्रसाद राजवंशी, ओमप्रकाश सरावगीलगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार र पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख गरी कुल ८३ करोड, १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट आठौँ नगर सभाले पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button