तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस प्रदेश नं १ का सभापतिमा थापा

विराटनगर। नेपाली काँग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । शनिवार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गर्नुभएको थियो ।

यसै गरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको काँग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button